Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

बहुमत पुगेन, ओली नै प्रधानमन्त्री हुने भएः माओवादी केन्द्र

बहुमत पुगेन, ओली नै प्रधानमन्त्री हुने भएः माओवादी केन्द्र

  • बिहिवार, बैशाख ३० २०७८

  • 2.1K
    SHARES

  • बहुमत पुगेन, ओली नै प्रधानमन्त्री हुने भएः माओवादी केन्द्र

    काठमाडौँ – नेकपा माओवादी केन्द्रले वैकल्पिक सरकारको सम्भावना टरेको निष्कर्ष निकालेको छ ।

    राष्ट्रपतिले दिएको समयभित्र बहुमत प्रस्तुत गर्ने आधार जसपाको महन्थ ठाकुर र एमालेको माधव नेपाल पक्षका कारण सम्भव नभएको निष्कर्ष माओवादीले निकालेको हो ।

    आज साँझ केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले दलहरुसँगका वार्ताको बारेमा जानकारी गराएका नेता देवेन्द्र पौडेलले बताउनुभयो । आजै तीन दलको बैठक फेरि बस्ने जानकारी समेत उहाँले दिनुभयो ।

    माओवादी बैठकमा अध्यक्ष प्रचण्डले माधव नेपाल पक्षको राजीनामा नआएको र महन्थ पक्षले केपी ओलीलाई नै साथ दिएका कारण अब ओली नै प्रधानमन्त्री नियुक्त हुने सम्भावना देखिएको बताएउनुभएको थियो ।


    बिहिवार, बैशाख ३० २०७८०६:३२:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij