Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

ठाकुरसँगको वार्ता निष्कर्षमा नपुगेपछि देउवाले भेटे प्रचण्डलाई, बूढानीलकण्ठमा वार्ता जारी

ठाकुरसँगको वार्ता निष्कर्षमा नपुगेपछि देउवाले भेटे प्रचण्डलाई, बूढानीलकण्ठमा वार्ता जारी

  • बिहिवार, बैशाख ३० २०७८

  • 819
    SHARES

  • ठाकुरसँगको वार्ता निष्कर्षमा नपुगेपछि देउवाले भेटे प्रचण्डलाई, बूढानीलकण्ठमा वार्ता जारी

    काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली र माधव नेपालवीच बूढानीलकण्ठकै चपली हाइटमा वार्ता चलिरहँदा माओवादी केन्द्र्रका अध्यक्ष प्रचण्ड
    काठमाडौं । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरु भएको छ । देउवालाई भेट्न प्रचण्ड केहीबेरअघि बूढानीलकण्ठ पुग्नुभएको हो ।

    नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सीमा आज राति ९ बजे सकिने भएकाले यसबारे छलफल गर्न प्रचण्ड देउवा निवासमा पुगेको बताइएको छ ।

    यसअघि सभापति देउवाले जनता समाजवादी (जसपा)का नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतोसँग भेटवार्ता गरेका थिए । त्यो त्यो भेटवार्ता निष्कर्षविहीन टुंगिएको जसपाका नेताहरुले बताएका छन् ।

    जसपाको एउटा समूहसँगको वार्ता निष्कर्षमा नपुगेपछि नयाँ रणनीति बनाउन सभापति देउवाले आज दिउँसो ४ बजे पदाधिकारी बैठक बोलाउनुभएको छ ।

    त्यसैगरी, अहिले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच पनि भेटवार्ता चलिरहेको छ । उनीहरुबीच एमाले एकता कायम राख्ने प्रयास भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभएको छ ।

    यता, जसपाका अध्यक्ष महन्थ ठाकुरले पनि भक्तपुरको एक रिसोर्टमा आफूपक्षीय सांसदहरुको बैठक राखेका छन् ।


    बिहिवार, बैशाख ३० २०७८०३:३१:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij