Nov 07 2026 | २०८३, कार्तिक २२ गते

२०८३, कार्तिक २२ गते
  • यो साता चर्चामा :
images

ओली र नेपालबीच भेटवार्ता शुरू, होला त 'एमाले एकता' ?

ओली र नेपालबीच भेटवार्ता शुरू, होला त 'एमाले एकता' ?

  • बिहिवार, बैशाख ३० २०७८

  • 543
    SHARES

  • ओली र नेपालबीच भेटवार्ता शुरू, होला त 'एमाले एकता' ?

    काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता शुरू भएको छ । ओली र नेपालबीच बूढानीलकण्ठमा भेटवार्ता शुरू भएको हो ।

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार एमाले एकताका विषयमा छलफल गर्न दुवै नेताबीच भेटवार्ता शुरू भएको हो ।

    यसअघि आज बिहान बालुवाटारमा बसेको एमाले स्थायी समिति बैठकले नेपालसहित उपाध्यक्ष भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कारवाही फुकुवा गरेको थियो ।

    एमालेले चारैजना नेतालाई पार्टी हित र विधानविपरीत काम गरेको आरोपमा ६ महिनाका लागि पार्टी साधारण सदस्यबाट नै निलम्बन गरेको थियो ।

    संविधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको बहुमतको सरकार बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय आज बेलुका ९ बजे सकिदैछ । तर राजनीतिक दलहरुबीच नयाँ सत्ता गठबन्धन बन्न सकिरहेको छैन ।

    नयाँ सरकारको नेतृत्व गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लागिपर्नुभएको छ । तर, जनता समाजवादी पार्टी (जसपा) दुई खेमा विभाजित भएपछि नयाँ सरकार गठन नै अन्योलमा परेको छ ।

    हालको संसदको विद्यमान अवस्थामा विपक्षी गठबन्धनलाई बहुमत पु¥याउन कम्तीमा पनि थप १२ सांसदको आवश्यकता पर्छ । कांग्रेससँग ६१ र माओवादी केन्द्रसँग ४८ सांसद छन् । जसपाको उपेन्द्र यादव पक्षमा १६ जना छन् । यसरी हेर्दा विपक्षी गठबन्धनसँग १२५ को हाराहारीमा मात्रै सांसद हुन्छन् । बहुमतका लागि १ सय ३६ आवश्यकता पर्छ ।

    एमालेको नेपाल पक्षका प्रत्यक्षतर्फका १९ जनाले राजीनामा दिँदा प्रतिनिधिसभामा सांसद संख्या २ सय ५२ हुन्छ । बहुमतका लागि १ सय २७ आवश्यक हुन्छ । नेपाल पक्षका १९ जनाले राजीनामा दिँदा पनि बहुमत जुटाउन गाह्रो नै छ ।

    यता, एमाले अध्यक्ष ओली भने फेरि आफ्नै नेतृत्वलाई निरन्तरता दिन लागिपर्नुभएको छ । सोहीअनुरुप आज नेता नेपालसँग भेटवार्ता गर्नुभएको हो ।

    यसअघि एमाले अध्यक्ष ओलीले पार्टीका शीर्ष नेतामार्फत नेपालसँग छलफल गरिरहनुभएको थियो ।

    आजै मात्र उपमहासचिव विष्णु पौडेल छलफलका लागि नेपाल निवास कोटेश्वर पुग्नुभएको थियो ।

    ओलीको एकताको सन्देश लिएर पौडेल नेपाल निवास पुगेको बताइएको छ । त्यसपछि ओली र नेपालबीच पुनः वार्ता शुरु भउको हो ।

     


    बिहिवार, बैशाख ३० २०७८०२:३५:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij