Nov 07 2026 | २०८३, कार्तिक २२ गते

२०८३, कार्तिक २२ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीले आह्वान गरेको एमाले स्थायी कमिटी बैठक बालुवाटारमा जारी

प्रधानमन्त्रीले आह्वान गरेको एमाले स्थायी कमिटी बैठक बालुवाटारमा जारी

  • बिहिवार, बैशाख ३० २०७८

  • 895
    SHARES

  • प्रधानमन्त्रीले आह्वान गरेको एमाले स्थायी कमिटी बैठक बालुवाटारमा जारी

    काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक बालुवाटारमा जारी छ । बिहान ९ बजेदेखि बालुवाटारमा जारी बैठकमा नेपाल–खनाल समूहको माग सम्बोधन गर्नेबारे छलफल भइरहेको हो ।

    सर्वोच्च अदालतको फागुन २३ को फैसलापछि ओलीले गरेका सबै निर्णय खारेज गर्दै पार्टी एकता पूर्वको अवस्था (२०७५ जेठ २) मा पुग्नु पर्ने अडान नेपाल–खनाल समूहको छ ।

    ती माग पूरा नभए विपक्षी गठबन्धनलाई सरकार बनाउन पुग्ने गरी सामूहिक राजीनामा दिने तयारी गरेको नेपाल–खनाल समूहलाई रोक्ने प्रयत्नमा ओली हुनुहुन्छ ।

    यसका लागि नेपाल निवास कोटेश्वरमा विष्णु पौडेललगायतका नेताहरू पनि अहिले छलफलमा जुटेको बताइएको छ । राष्ट्रपतिले बहुमतको सरकार बनाउन दिएको समयसीमा आज सकिँदै गर्दा कांग्रेस नेतृत्वको सरकारलाई सघाउन जसपाभित्र मतक्यैता देखिएको छैन ।

    जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षधरहरु नयाँ सरकारको पक्षमा नरहँदा एमालेको नेपाल–खनाल समूहले राजीनामा दिए नयाँ सरकार बन्ने देखिन्छ । तर, राजीनामाबारे माधव नेपाल पक्षमै मतभेद भएको सार्वजनिक भइरहेको छ ।


    बिहिवार, बैशाख ३० २०७८०९:५४:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij