Nov 07 2026 | २०८३, कार्तिक २२ गते

२०८३, कार्तिक २२ गते
  • यो साता चर्चामा :
images

नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय आज सकिँदै

नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय आज सकिँदै

  • बिहिवार, बैशाख ३० २०७८

  • 740
    SHARES

  • नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय आज सकिँदै

    काठमाडौं । नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा आज सकिँदैछ । तीन दिनभित्र संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि राष्ट्रपतिले समय दिएपछि अहिले विपक्षी दलहरु बहुमत जुटाउन प्रयासरत छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत कांग्रेस–माओवादीलगायत दल नयाँ सरकार गठनको प्रयासमा छन् । तर बहुमत नपुग्दा समस्या देखिएको छ ।

    ‘काम चलाउ’ प्रधानमन्त्री ओली विपक्षी दललाई ‘बहुमत पु–याउन नदिन अधिकतम प्रयास गरिरहनुभएको आरोप विपक्षी दलहरुको छ ।

    कांग्रेसलाई माओवादी केन्द्र, जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई समूहको समर्थन छ ।

    जसपा अध्यक्ष महेन्द्र ठाकुर पक्षले ठाकुरले ‘नयाँ सरकार’ गठनमा सहभागी नहुने सार्वजनिक अभिव्यक्ति दिएपछि बहुमत जुटाउन समस्या भएको हा ।

    ठाकुर पक्षले कांग्रेस नेतृत्वको सरकारलाई साथ नदिए पनि एमालेभित्रको माधव–झलनाथ समूहको साथ रहे कांग्रेस सभापति शेरबहादुर देउवा नयाँ प्रधानमन्त्री बन्ने पक्का छ ।

    नेपाल समूहका सांसदहरुले राजीनामा दिनसक्ने चर्चा छ । धारा ७६ (२)अनुसार सरकार गठन नभएमा ठूलो दलको हैसियतले ओली नै प्रधानमन्त्री नियुक्त हुनुहुनेछ ।


    बिहिवार, बैशाख ३० २०७८०८:३२:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij