Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कोरोना कहरबीच नेप्सेमा उच्च अंकको वृद्धि, बजार पूँजीकरण पुनः ३७ खर्बभन्दा माथि

कोरोना कहरबीच नेप्सेमा उच्च अंकको वृद्धि, बजार पूँजीकरण पुनः ३७ खर्बभन्दा माथि

  • मंगलवार, बैशाख २८ २०७८

  • 1.2K
    SHARES

  • कोरोना कहरबीच नेप्सेमा उच्च अंकको वृद्धि, बजार पूँजीकरण पुनः ३७ खर्बभन्दा माथि

    काठमाडौं । कोरोना भाइरसको दोस्रो लहरले जनजीवन प्रभावित भएको भए पनि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकलाई कुनै असर गरेको छैन ।

    नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक मंगलवार २७.४७ बिन्दुले उकालो लागेर २ हजार ६७३.३१ मा पुगेको छ । कारोबार रकम समेत झण्डै ६ अर्ब बराबर भएको छ ।

    नेप्सेका अनुसार कूल २२० कम्पनीको १ करोड ८ लाख १९ हजार ५३५ कित्ता शेयर ५ अर्ब ८१ करोड ६ लाख ७३ हजार ७१ मूल्यमा खरिद बिक्री भए ।

    कारोबार भएका १३ वटै उपसमूहको शेयर उकालो लागेको छ । जीवन बीमा, व्यापार र निर्जीवन बीमा कम्पनीको शेयरमा सबैभन्दा बढी वृद्धि भएको छ ।

    जीवन बीमा २६७.१८, व्यापार २२१.६७ र निर्जीवन बीमा १७६.४८ बिन्दुले उकालो लागेको छ । बैंकिङ ३.३८, होटल तथा पर्यटन २३.१९, विकास बैंक १५.२३, जलविद्युत् २१.०७, वित्त १७.४९, उत्पादन १३९.७, अन्य ५३.१३, लघुवित्त ६५.१२, सामूहिक लगानी कोष ०.०२ र लगानी १.४९ बिन्दुले उकालो लागेको छ ।

    मंगलवारको वृद्धिपछि बजार पूँजीकरण समेत पुनः उच्च विन्दुमा पुगेको छ । नेप्सेका अनुसार कूल ३७ खर्ब ९ अर्ब ५ करोड ६८ लाख ७४ हजार ५०६ बराबरको बजार पूँजीकरण भएको छ । अर्थतन्त्रका अन्य क्षेत्र समस्यामा परेको बेला मुलुकको शेयर बजारले भने सकारात्मक दिशा निर्देश गरेको छ ।

    नेप्सेका अनुसार मंगलवार बोटलर्स नेपाल तराई र रुरु जलविद्युत् कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । ती कम्पनीको शेयर क्रमशः १० र ९.९७ प्रतिशतले वृद्धि भए । युनाइटेड मोदी ९.९१, गुह्यश्वरी मर्चेन्ट बैंक ९.८८ र समता घरेलु लघुवित्तका लगानीकर्ताले ९.०५ प्रतिशतले कमाए ।

    विशाल बजार कम्पनीका लगानीकर्ताले १० प्रतिशतले गुमाएर नकारात्मक सर्किट लाग्यो । लिवर्टी इनर्जी २.९९ र बरुण हाइड्रोपावरका लगानीकर्ताले २.१८ प्रतिशतले गुमाए ।

    कारोबारका आधारमा नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको ७६ करोड ६५ लाख ३४ हजार ४१८ बराबरको कारोबार भयो । अपि पावर २० करोड २३ लाख ७० हजार ३८१ र शिवम् सिमेन्ट १६ करोड २२ लाख ७० हजार ४२९ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

    -रासस


    मंगलवार, बैशाख २८ २०७८०७:५३:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij