Nov 07 2026 | २०८३, कार्तिक २२ गते

२०८३, कार्तिक २२ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपतिलाई तीन दलको आग्रहः बहुमतको सरकार गठनका लागि आह्वान होस्

राष्ट्रपतिलाई तीन दलको आग्रहः बहुमतको सरकार गठनका लागि आह्वान होस्

  • सोमवार, बैशाख २७ २०७८

  • 943
    SHARES

  • राष्ट्रपतिलाई तीन दलको आग्रहः बहुमतको सरकार गठनका लागि आह्वान होस्

    काठमाडौँ – विपक्षी तीन दलले बहुमतको सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेका छन् ।

    विश्वासको मत लिने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताव संसदबाट अस्वीकृत भएलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवले संयुक्त अपील गरेका हुन् ।

    उनीहरुले संविधानको धारा ७६(२) अनुसार बहुमतको सरकार गठनको प्रक्रिया सुरु गर्न राष्ट्रपतिलाई आग्रह गरेका हुन् ।

    माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले अहिले नै आफूहरुको पक्षमा १२६ सांसद रहेको र गठबन्धनको सम्भावना कायमै रहेको बताउनुभयो । धारा ७६ (२) को अभ्यास नगरी एकपटकै ७६(३) मा लैजाने षड्यन्त्र भइरहेको उहाँले बताउनुभयो।


    सोमवार, बैशाख २७ २०७८०६:३५:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij