Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

माधव समूहले दियो ओलीलाई भोलि बिहान ९ बजेसम्मको अल्टिमेटम

माधव समूहले दियो ओलीलाई भोलि बिहान ९ बजेसम्मको अल्टिमेटम

  • आइतवार, बैशाख २६ २०७८

  • 867
    SHARES

  • माधव समूहले दियो ओलीलाई भोलि बिहान ९ बजेसम्मको अल्टिमेटम

    काठमाडौँ – नेकपा एमालेको माधव नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई वैशाख २७ गते बिहान ९ बजेसम्म पार्टीलाई २०७५ जेठ २ मा फर्काउने प्रतिबद्धता व्यक्त गर्न अल्टिमेटम दिएको छ ।

    माधव नेपाल पक्षका सांसदरुको बैठकले बिहान ९ बजेसम्म आफ्नो अल्टिमेटम पूरा गरेमा संसदमा विश्वासको मत दिने निर्णय गरेको छ । यदि आफूहरुलाई किनारा लगाउने ढंगले गएमा भोलि नै कठोर निर्णय गर्ने नेता योगेश भट्टराईले बताउनुभयो ।

    ९ बजेसम्म ओलीले सम्बोधन नगरे साढे ९ बजे बैठक बसेर राजीनामा वा अन्य कुनै निर्णय लिइने उहाँले जानकारी दिनुभयो।


    आइतवार, बैशाख २६ २०७८०७:५९:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij