काठमाडौं । कोरोना भाइरस संक्रमित सासदहरूले पनि प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार संसद्मा लिन लाग्नुभएको विश्वासको मतको मतदानमा सहभागिता जनाउन पाउने भएका छन् ।
हालै बसेको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकले कोरोना संक्रमित सांसदलाई पनि मत हाल्न दिने व्यवस्था मिलाउने निर्णय गरेको हो । हाल २६ जना सांसद कोरोना संक्रमित छन् । प्रधानमन्त्री ओलीले सोमबार संसदमा विश्वासको मत लिँदैहुनुहुन्छ ।
कोरोना परीक्षण नगरेका सांसदहरूले अनिवार्य परीक्षण गर्नुपर्ने निर्णय पनि बैठकले गरेको छ ।
बैठकले विश्वासको मत लिने प्रक्रिया सोमबार नै टुंग्याउने निर्णय पनि गरेको स्रोतले जनाएको छ ।