काठमडाौं । गायक तथा सर्जक श्रीकृष्ण क्षेत्रीको नयाँ गीत ‘सुनको चुराले’ बजारमा आएको छ । अन्जु पन्तको स्वर तथा सन्जय गिरीको शब्द रहेको गीतमा श्रीकृष्ण क्षेत्रीको संगीत रहेको छ । सुखद बैबाहिक जिवनमा शंकाले ल्याएको दुरीलाई गीतमा मुख्य कथा बनाइएको छ ।
गलत बुझाइले जिवनसाथीलाई छोडेर अर्कैसँग सम्बन्धमा रहेको पुरुष पछि आफ्नो गल्ती स्विकार गर्दै दुवैजना एक भएको कथालाई कलाकार आयुश्मा कार्की र बिदुर गिरीले अभिनयमार्फत उतारेका छन् ।
गीतमा श्रीकृष्ण क्षेत्रीकै निर्देशन रहेको छ । केहि समय अगाडि मात्रै क्षेत्रीको ‘राम हो झुमा हो’ बजारमा आएको थियो जस्ले दर्शकश्रोताको माया पाएको छ । गीतलाई छत्रभुमि म्युजिकको अफिसिय युटयुवमार्फत सार्वजनिक गरिएको हो ।