Nov 07 2026 | २०८३, कार्तिक २२ गते

२०८३, कार्तिक २२ गते
  • यो साता चर्चामा :
images
एमाले अन्तरसंघर्ष

 माधव नेपाल समूहका सांसदले राजीनामा दिने !

 माधव नेपाल समूहका सांसदले राजीनामा दिने !

  • आइतवार, बैशाख २६ २०७८

  • 1.1K
    SHARES

  •  माधव नेपाल समूहका सांसदले राजीनामा दिने !

    काठमाडौँ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीसँग भएका वार्ता र छलफल कुनै निष्कर्षमा पुग्न नसकेपछि अन्तत: नेकपा एमालेको माधव नेपाल समूहका सांसदहरुले राजीनामा दिने भएका छन् ।

    माधव नेपाल– झलनाथ खनाल समूहका नेता र सांसदहरुको बैठकले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटीमात्र गर्न खोजेको र जति प्रयास गर्दा पनि सहमति हुन नसकेको भन्दै आज राजीनामा दिने निर्णय गरेको बताइएको छ ।

    प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि भोलिका लागि संसद बैठक बोलाइएको छ । प्रतिनिधिसभामा खनाल नेपाल समूहका प्रत्यक्ष तर्फ निर्वाचित २० जना सांसद छन् । उनीहरुले राजीनामा गरेपछि ओलीले विश्वासको मतमा बहुमत पाउने संभावना छैन । कांग्रेस र माओवादीले ओलीलाई विश्वासको मत नदिने निर्णय यसअघि नै गरिसकेका छन् ।

    माधव समूहका सांसदले राजीनामा गर्नासाथ संसदमा कायम सांसद संख्या घट्न गइ वैकल्पिक सरकार बन्ने सम्भावना पनि जीवित हुनेछ । नेपाल पक्षका समानुपातिक तर्फका सांसदले समेत राजीनामा गर्ने सम्भावना रहेको बताइएको छ ।


    आइतवार, बैशाख २६ २०७८०७:००:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij