Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

यस्तो हुनुपर्छ सेल्फ क्वारेन्टाइनमा पोषण

यस्तो हुनुपर्छ सेल्फ क्वारेन्टाइनमा पोषण

  • डा. नीरज बम
  • शनिवार, बैशाख २५ २०७८

  • 2.1K
    SHARES

  • यस्तो हुनुपर्छ सेल्फ क्वारेन्टाइनमा पोषण

    सेल्फ क्वारेन्टाइनमा रहँदा अधिकांश समय निष्क्रिय भइन्छ । यस्तो अवस्थामा जीवनशैली नै अस्वस्थ हुन्छ । जसले गर्दा विभिन्न स्वास्थ्य समस्या देखिन सक्छन् । कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट बच्न प्रतिरोधी क्षमता मजबुत बनाउन आवश्यक छ । त्यसका लागि स्वस्थ खानपान अत्यावश्यक हुन्छ ।

    6-Diseases-That-Proper-Nutrition-Prevents_379_40044310_0_14113110_728 (1).jpg

    विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)सँगै पोषण विद्हरुले पनि महामारी फैलिरहेको समयमा पोणषयुक्त खानपानमा ध्यान दिन सबैलाई आग्रह गरेका छन् । उनीहरुका अनुसार औषधी र भ्याक्सिन उपलब्ध नभएको अहिलेको अवस्थामा कोरोना संक्रमणबाट बच्नका लागि बलियो प्रतिरोधी क्षमता नै प्रमुख विकल्प हो । क्वारेन्टाइनमा रहँदाँ पोषणयुक्त खानपान निकै आवश्यक हुन्छ ।

    लकडाउनका कारण बजार बन्द हुनुले ताजा खानेकुरा, तरकारी, फलफुलको उपलब्धतामा कमी आइरहेको छ । ताजा खानेकुराको सिमित पहुँचले अत्यधिक प्रशोधित खाद्य पदार्थको खपत बढाउन सक्छ । जसमा फ्याट, चिनी र नुनको मात्रा बढी हुने भएकाले प्रतिरक्षा प्रणाली, शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ । तसर्थ, उपलब्ध भएका पोषणजन्य खाद्यपदार्थको उपयोग गर्नु आवश्यक हुन्छ ।

    नियमित खानामा फलफुल र सागपात समावेश गर्नुपर्छ । यसमा पाइने भिटामिन, मिनरल्स र फाइबरले प्रतिरोधी क्षमता बढाउन मद्दत गर्छ । सजिलै उपलब्ध हुने मौसमी सागपात तथा फलफुल प्रयोगमा ल्याउन सकिन्छ ।

    download.jpg

    बेसार, कागती, मरिच, ख्ुर्सानी, जिरा, धनियाँ, मेथी जस्ता भान्सामा सजिलै उपलब्ध हुने मसला खानामा समावेश गर्नुपर्छ । त्यस्तै, दुध, दही, माछामासु, अण्डा जस्ता खाद्यपदार्थ राम्रोसँग पकाएर मात्र खानुपर्छ । यस्ता खानेकुरा नियमित सेवन गर्दा प्रतिरोधात्मक क्षमता बढ्छ ।

    विभिन्न अध्ययनअनुसार, भिटामिन डिको कमी भएका व्यक्तिमा कोरोना संक्रमणको जोखिम बढी रहेको पाइएको छ । पोषणयुक्त खानेकुरासँगै बिहानीपखको घाममा कम्तीमा ४० मिनेट बस्दा भिटामिन डि परीपुर्ति सहज तरिकाले हुन्छ । लकडाउनका कारण अधिकांशको समय घरभित्रै बित्ने गर्छ । तर, खानपानसँगै घामको किरण र स्वस्थ हावा पनि आवश्यक हुन्छ ।

    क्वारेन्टाइन दैनिकीले निम्त्याउने तनावका कारण अनिन्द्राको समस्या हुने गर्छ । लामो समयसम्म क्वारेन्टाइनमा रहेका व्यक्तिका लागी पोषणयुक्त खानपान अझ आवश्यक हुन्छ । पोषणविद्,हरुका अनुसार बेलुकाको खानामा सेरोटोनिन र मेलाटोनिन तत्व पाइने खानेकुरा समावेश गर्नुपर्छ । केरासँगै विभिन्न नट्समा यस्ता पदार्थ पाइन्छन्, जसले निन्द्रा गडबडीको समस्याबाट टाढा रहन मद्दत गर्छ ।

    download (2).jpg

    त्यसैगरी, दुध र दुधजन्य पदार्थ, काब्रोहाइड्रेट र फ्याट कम भएका खाद्यपदार्थ बढी समावेश गर्न सकिन्छ । खानपान र जीवनशैलीले शारीरिक तथा मानसिक स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले पोषणयुक्त खानपानमा ध्यान दिन जरुरी हुन्छ ।

    विश्व स्वास्थ्य संगठनसँगै पोषण विद्हरुले पनि महामारी फैलिरहेको समयमा पोणषयुक्त खानपानमा ध्यान दिन सबैलाई आग्रह गरेका छन् ।

    (डा. बम त्रिवि शिक्षण अस्पतालका कार्यरत चिकित्सक हुनुहुन्छ ।)

     


    शनिवार, बैशाख २५ २०७८११:५२:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij