Nov 07 2026 | २०८३, कार्तिक २२ गते

२०८३, कार्तिक २२ गते
  • यो साता चर्चामा :
images

मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै

मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै

  • शनिवार, बैशाख २५ २०७८

  • 672
    SHARES

  • मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज (शनिबार) साँझ मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै छ ।

    बैठक साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । बैठकको एजेण्डाबारे पूर्वजानकारी दिइएको छैन ।

    सोमबार र बिहीबार मन्त्रिपरिषदको नियमित बैठक बस्ने गरे पनि शनिबार साँझ आकस्मिक रुपमा बोलाइएको बैठकप्रति चासो छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका एक कर्मचारीले भने, ‘आजको क्याबिनेट मिटिङ आकस्मिक नै हो । सायद अहिलेको समग्र परिस्थितिले तत्काल बस्नुपर्यो होला ।’

    प्रधानमन्त्री ओलीले विश्वासको मत लिने दिन नजिकिंदै गर्दा उनको सक्रियता बढेको छ । प्रधानमन्त्री ओलीले आइतबार संवैधानिक परिषद्को बैठक पनि बोलाएका छन् ।


    शनिवार, बैशाख २५ २०७८११:००:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij