Nov 07 2026 | २०८३, कार्तिक २२ गते

२०८३, कार्तिक २२ गते
  • यो साता चर्चामा :
images

काँग्रेस संसदीय दलको बैठक आज बस्दै

काँग्रेस संसदीय दलको बैठक आज बस्दै

  • शनिवार, बैशाख २५ २०७८

  • 799
    SHARES

  • काँग्रेस संसदीय दलको बैठक आज बस्दै

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस संसदीय दलको बैठक बस्दै छ । आज (शनिवार) दिउँसो दुई बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बैठक बस्न लागेको काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिनुभयो ।

    बैशाख २७ गते बस्ने प्रतिनिधिसभाको बैठकमा सन्दर्भमा आफ्नो रणनीति बनाउन बैठक बस्न लागेको उहाँको भनाइ छ । २७ गते विश्वासको मत लिने प्रधानमन्त्री केपी शर्मा ओलीको तयारी छ ।

    प्रधानमन्त्री ओलीलाई विश्वासको मतमा विफल पार्ने काँग्रेसको निर्णय छ । मंगलबार कसेको पार्टी पदाधिकारी बैठकले ओलीलाई विश्वासको मत नदिने र विफल पार्ने निर्णय लिएको थियो ।

    खाणका अनुसार आजको संसदीय दलको बैठकले सोही निर्णयमाथि छलफल गरेर सांसदलाई सोही अनुसारको निर्देशन दिने छ ।

    बैठकमा पार्टी सभापति तथा दलका नेता शेरबहादुर देउवाले पछिल्लो राजनीतिक परिस्थितिबारे बिफ्रिङ गर्ने बुझिएको छ । बुधबार विहीबार र शुक्रबार देउवा निवासमा तीन महत्वपूर्ण राजनीतिक भेटवार्ता भएका थिए ।

    क्रमशः प्रधानमन्त्री ओली, एमालेका वरिष्ठ नेता माधव नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देउवासँग भेटवार्ता गरेका थिए ।

    प्रधानमन्त्री ओली विश्वासको मत माग्न पुगेका थिए भने नेपाल र प्रचण्डले देउवासँगको भेटवार्ता विपक्षी गठबन्धन बलियो बनाउने रणनीतिमा केन्द्रित थियो ।

    देउवाले ओलीलाई विश्वासको मत दिन नसकिने जवाफ फर्काएका छन् भने प्रचण्ड र नेपालसँगको छलफलबारे ठोस कुरा बाहिर आएको छैन ।


    शनिवार, बैशाख २५ २०७८०८:३४:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij