Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

माधव समूहका चार नेता बालुवाटारमा, ईश्वर पोखरेल शीतल निवासतर्फ

माधव समूहका चार नेता बालुवाटारमा, ईश्वर पोखरेल शीतल निवासतर्फ

  • शुक्रवार, बैशाख २४ २०७८

  • 1.2K
    SHARES

  • माधव समूहका चार नेता बालुवाटारमा, ईश्वर पोखरेल शीतल निवासतर्फ

    काठमाडौँ – नेकपा एमालेको एकता जोगाउने अन्तिम प्रयासस्वरूप प्रधानमन्त्री निवास बालुवाटारमा दोस्रो तहका नेताहरुबीच छलफल चलिरहेको छ।

    प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव अनुसार नै दुवै पक्षका नेताहरुबीच सहमतिको लागि बुँदागत छलफल भइरहेको स्रोतले जनाएको छ ।

    छलफलका लागि माधव नेपाल पक्षका नेताहरू सुरेन्द्र पाण्डे,घनश्याम भुसाल,गोकर्ण विष्ट र योगेश भट्टराई दिउँसैदेखि बालुवाटारमा छन् । अध्यक्ष ओलीको तर्फबाट अर्थमन्त्री विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङलगायतका नेताहरु छलफलमा छन् ।

    यसैबीच नेताहरुबीच एकताको प्रयास भइरहेका बेला उपप्रधानमन्त्री तथा एमाले महासचिव ईश्वर पोखरेल राष्ट्रपति भेट्न शीतल निवास पुगेका छन्।

    पार्टी एकता कायम गर्न राष्ट्रपतिले एमालेका शीर्ष नेताहरुसँग छलफल जारी राखेका बेला पोखरल शीतल निवास गएका हुन् ।


    शुक्रवार, बैशाख २४ २०७८०७:३२:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij