Nov 07 2026 | २०८३, कार्तिक २२ गते

२०८३, कार्तिक २२ गते
  • यो साता चर्चामा :
images

ओलीले किन भेटे गोकर्ण विष्टलाई ?

ओलीले किन भेटे गोकर्ण विष्टलाई ?

  • शुक्रवार, बैशाख २४ २०७८

  • 882
    SHARES

  • ओलीले किन भेटे गोकर्ण विष्टलाई ?

    काठमाडौं । नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले आज पार्टीका नेता गोकर्ण विष्टसँग भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्न विष्ट आज प्रधानमन्त्री निवास पुग्नुभएको थियो ।

    बालुवाटारनिकट स्रोतका अनुसार २७ वैशाखमा प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिने भएपछि एमालेका दोस्रो तहका नेतासँग भेटघाट तीव्र बनाउनु भएको छ । सो क्रममा आज वरिष्ठ नेता झलनाथ खनालनिकट विष्टलाई भेट गर्नुभएको हो ।

    ‘विश्वासको मतका विषयमा प्रधानमन्त्री र नेता विष्टबीच लामै समय कुराकानी भएको छ’, बालुवाटार स्रोतले भन्यो ।

    अध्यक्ष ओलीसँग गयराति अबेरसम्म माधवकुमार नेपाल पक्षका नेताहरु घनश्याम भुसाल र योगेश भट्टराईले पनि कुराकानी गर्नुभएको थियो ।
    भूसाल र भट्टराईसँग राति कुरा गर्नुभएका ओलीले आज बिहान विष्टलाई छलफलमा बोलाउनु भएको हो ।

    प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिने भएपछि एमालेका दोस्रो तहका नेतासँग भेटघाट तीव्र बनाउनु भएको छ ।

     


    शुक्रवार, बैशाख २४ २०७८०३:२२:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij