Nov 07 2026 | २०८३, कार्तिक २२ गते

२०८३, कार्तिक २२ गते
  • यो साता चर्चामा :
images

कांग्रेस बोलायो संसदीय दलको बैठक

कांग्रेस बोलायो संसदीय दलको बैठक

  • बिहिवार, बैशाख २३ २०७८

  • 394
    SHARES

  • कांग्रेस बोलायो संसदीय दलको बैठक

    काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । कांग्रेसले वैशाख २५ गते शनिबार दिउँसो २ बजेका लागि संसदीय दलको बैठक बोलाएको हो । बैठक संघीय संसद् भवन, बानेश्वरमा बस्नेछ ।

    बैठकमा २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन बोलाइएको प्रतिनिधिसभाको बैठक लगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

    प्रधानमन्त्री ओलीले बुधबार कांग्रेस नेताहरुलाई भेटेर विश्वासको माग मागेका थिए । तर कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिन नसक्ने जवाफ दिएको छ ।

    कांग्रेस पदाधिकारी बैठकले यसअघि नै प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ ।


    बिहिवार, बैशाख २३ २०७८०७:३१:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij