Nov 07 2026 | २०८३, कार्तिक २२ गते

२०८३, कार्तिक २२ गते
  • यो साता चर्चामा :
images

नेपाल-खनाल समूह फ्लोर क्रस नगर्ने, राजीनामा नै बुझाउने निष्कर्षमा

नेपाल-खनाल समूह फ्लोर क्रस नगर्ने, राजीनामा नै बुझाउने निष्कर्षमा

  • बिहिवार, बैशाख २३ २०७८

  • 882
    SHARES

  • नेपाल-खनाल समूह फ्लोर क्रस नगर्ने, राजीनामा नै बुझाउने निष्कर्षमा

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले २७ वैशाखमा संसदमा विश्वासको मत लिने निर्णय गरेसँगै नेकपा एमालेको माधव कुमार नेपाल पक्षले के गर्ला भन्ने सर्वत्र चासो रहेको छ ।

    नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षले नेपाल पक्षले फ्लोर क्रस गर्ने आशंका कारण यसअघि नै कारवाही गर्ने तयारी गरेका थिए । तर विभिन्न प्राविधिक विषयका कारण कारवाही भने भएन् ।

    अस्पष्टताका बावजुध पनि नेपाल समूहका नेता घनश्याम भुसालले राजीनामा दिनुनै उपयुक्त विकल्प भएको बताउनुहुन्छ । ‘अहिले हाम्रो जबरजस्त के मत छ भने राजनीति गलत दिशामा गयो । सांसदको हिसाबले हाम्रो भूमिका गाह्रो खालको भयो । राजीनामा नै उपयुक्त हो भन्‍ने हाम्रो बलियो मत छ ।’

    उहाँले छलफलमा सांसदहरुले फ्लोरक्रस गर्नु राम्रो नभएको बताएको कारण त्यसतर्फ आफ्नो ध्यान करिब नभएको उल्लेख गर्नुभयो ।

    भुसालले बैशाख २५ गते साँझ नेपाल समूहले आफ्नो धारणा सार्वजनिक गर्ने पनि बताउनुभयो ।

    एमालेको नेपाल समूहले ओलीले सर्वाेच्चको फैसलासँगै एमालेलाई २ जेठको निर्णयमा लगेको खण्डमा पार्टी एक हुने बताउँदै आएको छ ।

    तर ओली उक्त निर्णयबाट टसमस हुने स्थिती नदेखिएको कारण ओलीलाई परास्त गर्ने निर्णयमा नेपाल पक्ष लागेको छ ।

    बुधबार मात्रै नेत्री रामकुमारी झाँक्रीले ओलीले आफूहरुलाई डुबाउन खोजे आफूहरुले पनि ओलीलाई डुबाएरै छोड्ने चेतावनी दिनुभएको थियो ।

    नेपाल समूहका अर्का सांसद विरोध खतिवडाले अध्यक्ष ओलीले आफूनिकटकालाई भेला गरेर असन्तुष्ट समूहलाई कारबाही गर्ने निर्णय गरिसकेको दाबी गर्नुहुन्छ । उहाँले भन्नुभयो, ‘उनीहरुबाट जस्तो व्यवहार हुन्छ, यताबाट पनि त्यस्तै व्यवहार हुन्छ । त्यही तयारीमा हामी छौँ ।’

    उहाँले केपी शर्मा ओलीपछाडि फर्किए सहयोग गर्न सकिने तर, अहिलेकै अवस्थामा गर्न नसकिने पनि बताउनुभयो । ‘जे आइपर्छ, त्यो हामी बेहोर्न तयार छौं । हामीसँग अनेकन विकल्प छन् । यदि ओली पछि फर्कन्छन् भने कुनै समस्या छैन । हाम्रो उद्देश्य पार्टी बलियो बनाउने हो’ उहाँले भन्नुभयो ।

    ओलीले आफ्ना माग सम्बोधन गरे यही सरकार टिकाउने गरी अघि बढ्ने नेपाल पक्षका नेताहरको भनाई छ ।


    बिहिवार, बैशाख २३ २०७८०७:१२:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij