काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको स्थायी कमिटी बैठक जारी छ । केहीबेर अघिदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको छ ।
बैठकमा वाग्मती प्रदेश राष्ट्रिय सभा र लुम्बिनी प्रदेश राष्ट्रिय सभा उपनिर्वाचनका लागि उम्मेदवार तय गरिने बताइएको छ ।
त्यस्तै पछिल्लो समसामयिक राजनीतिबारे पनि छलफल हुने एजेन्डा रहेको एक स्थायी कमिटी सदस्यले जानकारी दिएका छन् ।
राष्ट्रिय सभा उपनिर्वाचनका लागि विपक्षी गठबन्धनले उम्मेदवार तय गरिसकेका छन् । वाग्मतीमा गृहमन्त्री रामबहादुर थापाको ठाउँमा रिक्त रहेको पदमा खिमलाल देवकोटा र लुम्बिनीमा चन्द्रबहादुर खड्काको ठाउँमा दीर्घनारायण पाण्डेलाई विपक्षी गठबन्धनले उम्मेदवार बनाउने भएका छन् ।