Nov 07 2026 | २०८३, कार्तिक २२ गते

२०८३, कार्तिक २२ गते
  • यो साता चर्चामा :
images

दलबलसहित प्रधानमन्त्री ओली देउवा निवासमा

दलबलसहित प्रधानमन्त्री ओली देउवा निवासमा

  • बुधवार, बैशाख २२ २०७८

  • 954
    SHARES

  • दलबलसहित प्रधानमन्त्री ओली देउवा निवासमा

    काठमाडौँ – प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कांग्रेस सभापति तथा विपक्षी दलका नेता शेरबहादुर देउवासँग छलफलका लागि देउवा निवास बूढानीलकण्ठ पुग्नुभएको छ ।

    उपप्रधानमन्त्री तथा एमाले महासचिव ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई लिएर देउवा निवास पुगेका ओलीले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्नुभएको छ ।

    जेठ ६ गते तय गरिएको वागमती प्रदेशतर्फको रिक्त राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा एमालेले बादललाई उम्मेद्वार बनाउने निर्णय गरिसकेको छ । 

    प्रधानमन्त्री ओलीले विश्वासको मत लिनका लागि वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गरिसक्नुभएको छ ।

    कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत लिनबाट रोक्न माओवादी, जसपाको उपेन्द्र यादव पक्ष र एमालेकै माधव नेपाल पक्षसँग छलफल गरिरहेको छ ।

    प्रधानमन्त्री भएपछि ओली आफै देउवा निवास पुगेको सम्भवतः यो पहिलो पटक हो । यसअघि बालुवाटारमै देउवालाई बोलाएर भेट्दै आएका ओली यसपटक आफै उहाँको निवास पुग्नुभएको हो।

    बुढानिलकण्ठ जानुअघि एमाले नेताहरुले बालुवाटारमा छलफल गरेका थिए।


    बुधवार, बैशाख २२ २०७८०५:४२:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij