काठमाडौँ – नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।
पार्टी कार्यालय पेरिसडाडाँमा मंगलबार बसेको स्थायी कमिटी बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
‘समर्थन फिर्ताको औपचारिकता दिने निर्णय भएको हो । समर्थन त हाम्रो पहिले पनि थिएन’, स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले भन्नुभयो । बुधबारदेखि समर्थन फिर्ता हुने उहाँले बताउनुभयो ।
‘सरकारलाई फाल्नुपर्छ भनेर आन्दोलन नै गरेको हो नि । समर्थन नै छैन यो सरकारलाई । तर औपचारिकता पूरा गरौँ भनिएको हो’, पोखरेलले भन्नुभयो।