Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

'ओलीको फन्दामा परेपछि प्रचण्डको राजनीतिक अस्तित्व सकियो'

'ओलीको फन्दामा परेपछि प्रचण्डको राजनीतिक अस्तित्व सकियो'

  • मंगलवार, श्रावण ६ २०७७

  • 836
    SHARES

  • 'ओलीको फन्दामा परेपछि प्रचण्डको राजनीतिक अस्तित्व सकियो'

    काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राजनीति हरेक सम्भावनाहरुको खेल रहेको दोहो¥याइरहन्छन् । अघिल्लो पटक प्रधानमन्त्रीमा आफैले समर्थन गरेका केपी शर्मा ओलीलाई अविश्वासको प्रस्ताव ल्याएर हटाउने क्रममा संसद बैठकमा पनि प्रचण्डले यहि वाक्य दोहो¥याएका थिए ।

    ओली सरकार ढालेर कांग्रेससँगको गठबन्धन सरकार गठन गरेका दाहालले त्यसको केही समयमा तत्कालीन नेकपा एमाले र आफू नेतृत्वको माओवादी केन्द्र पार्टीबीच एकता गर्ने सम्झौता गरे । पार्टी एकता भइसकेपछि पनि विपक्षमा रहेको नेपाली कांग्रेसले आयोजना गरेको एक कार्यक्रममा पुगेर भाषण गर्दै प्रचण्डले आफूले बेला बेला भनिरहने बाक्य फेरि बाचन गरे कि राजनीतिमा असम्भव केही छैन यो हरेक सम्भावनाहरुको खेल हो । कांग्रेस मुख्यालयमा प्रचण्डले यसो भनिरहँदा सहभागीहरुबीच हाँसाको फोहरा छुटेको थियो ।

    राजनीतिक हरेक सम्भावनाहरुको खेल रहेको बताउने मात्रै होइन सोही बमोजिम विभिन्न निर्णयमा हाम फालेर आफ्नो भनाईलाई प्रमाणित गर्दै आउनुभएका प्रचण्ड यतिबेला भने इतिहासकै कठिन मोडमा उभिएका छन् । राजनीतिक विश्लेषकहरुले त पार्टी एकतापछि प्रचण्डको अस्तित्व नै संकटमा परेको टिप्पणी समेत गर्न भ्याएका छन् । केपी शर्मा ओलीलाई दुई पटक पदबाट हटाउन खोज्ने प्रयास असफल भएपछि अब दाहाललाई आफ्नो अस्तित्व जोगाउन नै हम्मे हम्मे परेको विश्लेषक लोकराज बरालको भनाई छ । ओलीको फन्दामा परेका प्रचण्डको राजनीतिक अस्तित्व नै समापनको चरणमा रहेको उहाँको टिप्पणी छ ।

    राजनीतिमा चासो राख्नेहरुले प्रचण्डको पछिल्लो क्रियाकलापहरुलाई अनौठो रुपमा बुझिरहेका छन् । पार्टी एकताबाट भाग्ने कुनै विकल्प नरहेपछि ओलीका सामु प्रचण्डले आत्मसमर्पण नै गरेको ढंगले पनि टिप्पणीहरु भइरहेका छन् । बाहिरबाट मात्रै होइन पूर्व माओवादी खेमाकै नेताहरुले पनि प्रचण्डको भूमिका रुचाउन छाडेको कुरा बाहिर आउन थालेको छ । पछिल्लो पटक आफलाई परिबन्दमा पारेर शीतल निवास लगिएको प्रचण्डको प्रष्टिकरणको पनि व्यापक आलोचना भइरहेको छ । प्रचण्डको उक्त भनाईलाई पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले नै प्रतिवाद गरेका छन् । संवाददाताहरुको प्रश्नमा प्रवक्ता श्रेष्ठले प्रचण्ड परिबन्दमा परेर शीतल निवास जाने खालको अध्यक्ष नरहेको स्पष्ट पार्नुभयो।

    नेकपाको स्थायी कमिटिको बैठक साउन १३ गतेसम्मका लागि स्थगित छ । तर पार्टीमा देखिएको विवाद समाधानको चरणमा अझै पुगिसकेको छैन । प्रचण्डले ओलीको राजीनामा माग्न माधवकुमार नेपाल समूहको साथ लिएको तर अहिले फेरि पनि नेपाल समूहलाई धोका दिएर ओलीसमूहसँग नै मिलेर जाने सहमति भएको विषय बाहिर आएको छ । हिजो पूर्व माओवादी खेमाको बैठकमा पनि दाहालले ओलीसँगै एकता र संघर्ष गरेरै अघि बढ्नुपर्ने बताएको नेताहरुले बताएका थिए । तर माधव कुमार नेपाल समूहले भने दाहाल नेपाल गठबन्धन यथाबत रहेको र कुनै दरार उत्पन्न नरहेको दाबी गर्छ । माधव कुमार नेपाल समूहका एक प्रभावशाली नेता रघुजी पन्तले अखबारमा आएका कुराहरु गलत रहेको बताउँदै प्रचण्ड र माधव नेपाल समूहको गठबन्धन यथाबत रहेको दाबी र्नुभयो ।

    आफैले दुई पटक राजीनामा माग गर्ने तर ओलीले नटेरेपछि चुप लागेर बस्ने प्रवृत्ति प्रचण्डमा देखिएको छ । ओलीको राजीनामा मागिएका पछिल्ला दुई घटनाले प्रचण्डको राजनीतिक प्रभावकारितामाथि पनि प्रश्न उब्जाएको छ । नेपाली राजनीतिका एक चतुर खेलाडी मानिएका प्रचण्ड ओलीको फन्दामा परेको ढंगले पनि टिप्पणीहरु भइरहेका छन् ।


    मंगलवार, श्रावण ६ २०७७०८:१५:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij