Nov 07 2026 | २०८३, कार्तिक २२ गते

२०८३, कार्तिक २२ गते
  • यो साता चर्चामा :
images

काँग्रेस पदाधिकारी बैठक आज बस्दै

काँग्रेस पदाधिकारी बैठक आज बस्दै

  • मंगलवार, बैशाख २१ २०७८

  • 1.0K
    SHARES

  • काँग्रेस पदाधिकारी बैठक आज बस्दै

    काठमाडौं । नेपाली काँग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । मुलुकको पछिल्लो राजनीतिक अवस्था र कोरोना महामारीले उत्पन्न अवस्था लगायतका बारेमा छलफल गर्न पदाधिकारी बैठक बस्न लागेको हो ।

    यसअघि बोलाइएको बैठक वरिष्ठ नेता रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या देखिएपछि स्थगित भएको थियो । बैठक आज दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

    आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने घोषणा गरेपछिको परिस्थितिबारे छलफल हुने उहाँले बताउनुभयो ।

    बैठकमा विभिन्न प्रदेशमा उत्पन्न पछिल्ला घटनाबारे पनि समीक्षा हुनेछ भनेपार्टीको आसन्न १४औं महाधिवेशनका विषयमा समेत छलफल हुने बताइएको छ ।


    मंगलवार, बैशाख २१ २०७८०९:१५:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij