काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशमा नियुक्त भएका प्रदेश प्रमुखलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।
सोमबार मन्त्रिपरिषद बैठकको सिफारिशमा गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिम प्रदेशमा गंगाप्रसाद यादव प्रदेश प्रमुखमा नियुक्त हुनुभएको थियो ।
उनीहरुलाई सोमबार अपरान्ह राष्ट्रपति भण्डारीले शपथ गराउनुभयो । शपथ समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुनुहुन्थ्यो ।
गण्डकीमा अमिक शेरचन र सुदूरपश्चिममा शर्मिला कुमारी पन्त प्रदेश प्रमुख हुनुहुन्थ्यो ।
उनीहरुलाई मन्त्रिपरिषदको सिफारिशमा राष्ट्रपति भण्डारीले सोमबार नै पदमुक्त गर्नुभएको हो ।
यसअघि एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपछि प्रदेशप्रमुख नियुक्त भएका उनीहरु माओवादी केन्द्रमा आवद्ध थिए ।
माओवादी केन्द्रमै आवद्ध रहेका तिलक परियार प्रदेश २ को प्रदेश प्रमुखबाट पदमुक्त भइसकेका छन् ।