काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी मन्त्रिपरिषद् बैठकमा ओलीले आफूले विश्वासको मत लिने जानकारी गराउनुभएको हो ।
बैठक चलिरहँदा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवासतर्फ गएको मन्त्रिपरिषद् स्रोतले बताएको छ।
यहि वैशाख २७ गते सदनबाट विश्वासको मत लिने तयारीमा प्रधानमन्त्री रहेको स्रोतले बतायो।
सर्वोच्च अदालतको आदेशपछि पार्टी विभाजन भएर बनेको माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने अनुमान गरिए पनि माओवादीले समर्थन फिर्ता लिएको छैन । यस्तो अवस्थामा ओलीले आफूले विश्वासको मत लिने बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले आइतबार बिहान पनि राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्नुभएको थियो ।