Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

दुई सांसदले शंकर पोखरेलको साथ छोडे, कांग्रेस माओवादी गठबन्धन बलियो

दुई सांसदले शंकर पोखरेलको साथ छोडे, कांग्रेस माओवादी गठबन्धन बलियो

  • आइतवार, बैशाख १९ २०७८

  • 1.1K
    SHARES

  • दुई सांसदले शंकर पोखरेलको साथ छोडे, कांग्रेस माओवादी गठबन्धन बलियो

    काठमाडौँ – लुम्बिनी प्रदेशका दुई सांसदले मुख्यमन्त्री शंकर पोखरेलको साथ छोडेका छन् ।

    कपिलवस्तु–२ (२) का धर्मबहादुर लाल श्रीवास्तव र पश्चिम नवलपरासी (२) का अजय शाहीले मुख्यमन्त्री पोखरेललाई छोडेका हुन् ।

    सूर्य चिन्हबाट चुनाव जितेका स्वतन्त्र राजनीतिक समूहका धर्मबहादुर लाल श्रीवास्तव र अजय शाहीले नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीको नेतृत्वमा नयाँ सरकार गठनका लागि हस्ताक्षर गरेका छन् ।

    धर्मबहादुर कपिलबस्तु २ (ख) र अजय पश्चिम नवलपरासी (ख)बाट निर्वाचित भएका थिए ।

    शाहीले सूर्य चुनाव चिन्हबाट चुनाव लडेपनि आफूहरु एमाले नभएको बताउनुभयो ।

    ‘हामी सूर्य चिन्हबाट निर्वाचित भएपनि दुई बुँदे सहमति गरेका छौं । त्यस आधारमा हामी स्वतन्त्र हौं’ शाहीले भन्नुभयो, ‘सांसदबाट राजीनामा दिन्नँ । कारबाही प्रक्रिया अगाडि बढेमा अदालत जान्छौं ।’

    हृदयेश त्रिपाठी र विजेशकुमार गुप्ता प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदा शाही र श्रीवास्तवले लुम्बिनीमा प्रदेश सांसद जितेका थिए ।

    त्यसबेला वाम गठबन्धनसँग स्वतन्त्र राजनीतिक समूहका रुपमा सूर्य चिन्हबाट चुनाव लडेका थिए ।


    आइतवार, बैशाख १९ २०७८०४:४९:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij