काठमाडौँ– नेकपा एमालेका नेता शंकर पोखरेल पुनः लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ ।
प्रदेश प्रमुख धर्मनाथ यादवले नेता पोखरेललाई संविधानको धारा १६८ को उपधारा १ बमोजिम बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतमा मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
यसअघि नेकपा (एमाल)े लुम्बिनी प्रदेश संसदीय दलका नेता पोखरेलले आफ्नो नेतृत्वमा नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम सरकार गठन गर्न प्रदेशसभाका बहुमत सदस्यहरूको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष दावी पेस गरेको आधारमा पोखरेललाई मुख्यमन्त्री नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जिवी पौडेलले विज्ञप्तिमार्फत निनुभएको छ ।