काठमाडौं । अन्तर्राष्ट्रिय मजदूर दिवसकै दिन पारेर नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी विभाजन भएको छ । सरकारसँग वार्तामार्फत शान्ति प्रक्रियामा आएको एक महिना नबित्दै त्यस पार्टीका पोलिटव्यूरो सदस्य कृष्णप्रसाद धमला गम्भीरको नेतृत्वमा नयाँ समूह गठन भएको हो ।
सो समूहले आज विज्ञप्ति जारी गरी गम्भिरको नेतृत्वमा हिमाल, पहाड र तराई–मधेश सबैका प्रतिनिधित्व सहित ५१ सदस्यीय जन–समाजवादी मञ्च नेपालको स्थापना गरिएको जनाएको छ ।
सामन्तवादी, साम्राज्यवादी, जडसुत्रवादी चिन्तन र प्रवृत्तिका विरुद्ध भीषण संघर्षको आँििधबेहरी सिर्जना गर्न अत्यन्त आवश्यक र जरुरी भइसकेको धमलाले बताउनुभएको छ ।
नयाँ पार्टीको कार्यदिशा वैज्ञानिक समाजवादी रहेको उल्लेख गरिएको छ ।
नयाँ पार्टीमा १० पूर्वकेन्द्रीय सदस्य, जिल्ला इन्चार्ज तथा सेक्रेटरी, मजदूर, विद्यार्थीलगायतबाट विद्रोह गरेकाहरु रहेको दावी गरिएको छ ।
कोरोना भाइरस संक्रमणका कारण औपचारिक कार्यक्रम गर्न नसकिएको बताउँदै धमलाले कोरोना कहरबाट छुटकारा पाउने लडाइमा होमिन आग्रह गर्नुभएको छ ।
विज्ञप्तिमा आन्दोलनले नेतृत्वलाई उचाइमा पुर्याउने तर नेतृत्वले नै जनता र क्रान्तिलाई धोखा दिएको भन्दै विप्लवको नाम नलिई अशन्तुष्टि व्यक्त गरिएको छ ।