काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति तथा राष्ट्रिय सभाका पूर्व सांसद प्राध्यापक विदुर पौडेलको निधन भएको छ ।
नेपाली राजनीतिमा स्वच्छ एवं निष्ठावान व्यक्तित्वको छवि बनाउनु भएका पूर्वीय दर्शन र साहित्यका धुरन्धर विद्वान् मानिनु हुने पौडेलको पशुपति धाममा निधन भएको हो ।
अस्वस्थ भएपछि केही दिन अगाडि उहाँलाई काठमाडौका विभिन्न अस्पतालमा उपचार गराइएको थियो । तर निको नहुने जस्तो लागेपछि उहाँले आफैले पशुपतिनाथ स्थीत बैद्यखानामा लैजान आग्रह गर्नु भएको थियो ।
पशुपतिनाथकै परिसरमा प्राण त्याग्ने उहाँकै इच्छा अनुसार उहाँलाई पुशपति क्षेत्रमा राखिएकै बेलामा उहाँको निधन भएको हो ।
उहाँको निधनप्रति राजनीतिक, बौद्धिक तथा सांस्कृतिक क्षेत्रका व्यक्तिहरुले दुःख व्यक्त गरेका छन् ।