Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कोरोनाविरुद्धको लडाइँमा सरकार र जनताबीच हातेमालो हुनुपर्छः उपप्रधानमन्त्री पोखरेल

कोरोनाविरुद्धको लडाइँमा सरकार र जनताबीच हातेमालो हुनुपर्छः उपप्रधानमन्त्री पोखरेल

  • शुक्रवार, बैशाख १७ २०७८

  • 1.3K
    SHARES

  • कोरोनाविरुद्धको लडाइँमा सरकार र जनताबीच हातेमालो हुनुपर्छः उपप्रधानमन्त्री पोखरेल

    काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना विरुद्धको लडाइँमा जनताले साथ नदिए समस्या समाधान गर्न कठिन हुने बताउनु भएको छ।

    कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजकसमेत रहेका पोखरेलले आज सिंहदरबारमा संचारकर्मीसँग संवाद गर्दै सरकारको एकल प्रयासले मात्र कोरोनाविरुद्धको लडाइँ सफल नहुने भन्दै यस्तो बताउनु भएको हो ।

    सरकारले वैशाख १३ गतेको मन्त्रिपरिषद्को निर्णयबाट नयाँ भेरियन्टसहितको कोभिड– १९ महामारीको दोस्रो लहर रोकथाम तथा नियन्त्रण सम्बन्धी आदेश २०७८ जारी गरेको भन्दै उहाले राज्यका तर्फबाट अभिभावकीय भूमिका र जिम्मेवारी सोचेर यो निर्णय गरिएको बताउनु भयो ।

    पोखरेलले संकटमा परेकालाई सरकारले अस्पताल र उपचारका लागि चाहिने सामग्री लगायत सम्पूर्ण प्रबन्ध गरेको जानकारी समेत दिनु भएको छ । यसअघि स्थापित कोरोना विशेष अस्पताललाई थप व्यवस्थित बनाउने काम भइरहेको उहाको भनाइ छ।

    १८ लाख भन्दा बढीलाई कोरोनाको खोप लगाइसकेको जानकारी दिँदै उहाले खोप खरिदका लागि स्वास्थ्य मन्त्रालयले प्रक्रिया अगाडि बढाइसकेको बताउनु भयो ।

    सरकार र जनताबीच हातेमालो गरेर कोरोनाविरुद्धको लडाइँ सफल पार्नुपर्ने उहाको भनाइ छ।


    शुक्रवार, बैशाख १७ २०७८०२:१६:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij