काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त मन्त्री दिपक मनाङे भनेर चिनिने राजिव गुरुङले युवा तथा खेलकुद क्षेत्रको विकासका लागि आफूसँग योजनाहरु रहेको बताउनुभएको छ । उहाँले आफूसँग विजनेश प्लान भएको बताउँदै अब युवाले विदेश जान नपर्ने बताउनुभयो ।
बिहीबार मन्त्रीको शपथ लिएपछि पत्रकारहरुसँग कुरा गर्दै मनाङेले मन्त्रालय ठूलो बनाउनु भन्दा सानो सानो बनाएर प्रभावकारी काम गर्नुपर्ने बताउनुभयो ।
आफूसँग भिजन भएको बताउनुभएका मनाङेले त्यसबारे खुलाउन भने चाहनुभएन । मन्त्री बनेकोमा प्रफुल्लित देखिएका गुरुङले कस्तो अनुभव भइरहेको छ भन्ने पत्रकारको प्रश्नमा भने, ‘मलाई त निन्द्रा लागि‘रा छ । सुत्न पाएको छैन क्या ’
बिहीबार मन्त्रीमा नियुक्त हुनुभएका गुरुङलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराउनुभएको हो। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गर्दै मनाङेलाई खेलकुदमन्त्री नियुक्त गर्नुभएको हो ।