Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

  • बुधवार, बैशाख १५ २०७८

  • 1.3K
    SHARES

  • कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

    नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । बैठक आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्न लागेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

    यसअघि वैशाख १३ गते बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरुको कोरोनाको पिसिआर परीक्षणका कारण स्थगित भएको थियो । पीसीआर परीक्षण गर्दा केही सदस्यलाई कोरोनाको रिपोर्ट पोजेटिभ बताइएको छ ।

    आज बस्ने बैठकमा पार्टीको १४औँ महाधिवेशनको तयारी र मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल हुने छ । कांग्रेसले पार्टीको १४औँ महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौँ गर्ने कार्यतालिका निर्धारण गरेको छ ।


    बुधवार, बैशाख १५ २०७८०८:५२:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij