Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

दाहाललाई राष्ट्रपति निवासमा झुक्याएर लगेको भन्ने कुरामा सत्यता छैन्: प्रवक्ता

दाहाललाई राष्ट्रपति निवासमा झुक्याएर लगेको भन्ने कुरामा सत्यता छैन्: प्रवक्ता

  • मंगलवार, श्रावण ६ २०७७

  • 550
    SHARES

  • दाहाललाई राष्ट्रपति निवासमा झुक्याएर लगेको भन्ने कुरामा सत्यता छैन्: प्रवक्ता

    काठमाडौं । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाललाई राष्ट्रपति निवासमा झुक्याएर लगेको भन्ने कुरामा सत्यता नभएको बताउनुभएको छ ।

    स्थायी कमिटीको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै आज दिउँसो नेता श्रेष्ठले आफूहरुको अध्यक्ष झुक्किने खालको नभएको बताउनुभएको हो ।
    यसअघि सचिवालय बैठकलगत्तै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति निवास शीतल निवासमा जानुभएको थियो ।

    त्यसपछि दाहालको निवास खुमलटारमा बसेको स्थायी कमिटीका केही सदस्यहरुको अनौपचारिक बैठकमा आफू परिबन्धमा परेर राष्ट्रपति निवास पुगेको बताउनुभएको थियो ।


    मंगलवार, श्रावण ६ २०७७०२:२७:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij