काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बस्दैछ । सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा छलफल गर्न बैठक बोलाइएको बताइएको छ ।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठक अहिले केहिबेरपछिका लागि तय भएको छ ।
सोमबार मात्रै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गर्नुभएको थियो ।
देउवा र प्रचण्डबीचको भेटवार्तामा सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने सहमति भएको बताइएको छ । फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्यँुताएको थियो ।
माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने भन्दै आए पनि अहिलेसम्म फिर्ता लिएको छैन ।