Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

यसरी सुरक्षित बनाउनुहोस् ‘वर्क फ्रम होम’

यसरी सुरक्षित बनाउनुहोस् ‘वर्क फ्रम होम’

  • मंगलवार, बैशाख १४ २०७८

  • 1.5K
    SHARES

  • यसरी सुरक्षित बनाउनुहोस् ‘वर्क फ्रम होम’

    कोरोना भाइरस महामारीको दोस्रो लहर फैलिएसँगै सरकारले बिहीबारदेखि निशेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । यससँगै पुनः वर्क फ्रम होमको संस्कृति सुरु हुँदैछ । कार्यालयका डेस्कटपमा गर्नुपर्ने काम घरकै ल्यापटपबाट गर्नुपर्ने हुन्छ । प्रविधिको विकाससँगै हामीले उपभोग गरिरहेका सुविधा कतिपय अवस्थामा जोखिमपूर्णसमेत हुन सक्छ । किनकि, इन्टरनेट यस्तो माध्यम हो, जसबाट हाम्रा निजी तथा संस्थागत महŒवपूर्ण जानकारी सजिलै ‘ह्याक’ हुन सक्छन् । यसबाट बच्न यस्ता सतर्कता अपनाउन सकिन्छ :

    1608926149-9888.jpg

    उपकरण अपडेट गरिरहने

    गत वर्ष सुरु भएको लकडाउनसँगै जुम एपको प्रयोग ह्वात्तै बढको छ । अनलाइन कक्षा सञ्चालनदेखि लिएर अफिसले मिटिङ र बौद्धिक वर्गको भलाकुसारीसम्मको थलो बनेको छ यो । विज्ञहरूका अनुसार, जुमको प्रयोगसँगै सावधानी पनि अपनाउनुपर्ने हुन्छ । आफूले प्रयोग गरिरहेको उपकरणलाई अपडेट र महबुत सफ्टवेयरको प्रयोग गर्न उनीहरूले सल्लाह दिएका छन् । यसले मोबाइल तथा ल्यापटपलाई सम्भावित जोखिमबाट सतर्क राख्छ ।

    वाइफाईको पासवर्र्ड परिवर्तन गर्ने

    जसरी हामी फेसबुक, इन्स्टाग्राम, ट्विटरजस्ता सामाजिक सञ्जालको पासवर्ड समय–समयमा परिर्वतन गरिरहेका हुन्छौँ, त्यसैगरी आफ्नो घरको वाइफाईको पासवर्ड पनि परिवर्तन गरिरहनुपर्छ । अहिलेको अवस्थामा वाइफाई सबैभन्दा बढी र सहज रूपमा ह्याक हुने गर्छ, जसले गर्दा, हाम्रा काममा बाधा सिर्जना हुन पुग्छ ।

    कामपछि ल्यापटप बन्द गर्ने

    हामीमध्ये अधिकांशले कामपछि ल्यापटप बन्द नगर्ने वा बिर्सने गर्छौँ । ल्यापटप र डेस्कटपमा हार्डवेयरदेखि कम्प्युटर भाइरससम्म सक्रिय हुन सक्छन् । स्क्रिन तथा डिस्प्लेको समस्या पनि सिर्जना हुन सक्छ । स्मार्टफोनमा पनि यही नियम लागू हुन्छ । मोबाइलको चार्ज नसकिँदासम्म चलाइरहने प्रवृत्ति त्याग्नुपर्छ । मोबाइलमा निजी जानकारी हुने हुँदा झनै चनाखो हुनुपर्ने हुन्छ ।

    man-working-from-home-following-best-practices-for-a-secured-cyber-information.jpg

    बायोमेट्रिक पासवर्डको प्रयोग

    कार्यालयबाट गरिने काममा त्यहाँको सुरक्षाका लागि राम्रो रणनीति अपनाएको हुन्छ । व्यक्तिगत ल्यापटप र कम्प्युटरबाट काम गर्नुपर्दा कतिपय अवस्थामा संस्थाकै जानकारी पनि जोखिममा पर्न सक्छ । यसका लागि बायोमेट्रिक पासवर्ड सबैभन्दा सुरक्षित उपाय हो । अनुहार, औँठा छाप, आँखादेखि मुटुको धड्कनजस्ता बायोमेट्रिक पासवर्ड सुरक्षाका लागि प्रयोगमा आउन थालेका छन् ।

    सतर्क रहने

    वर्क फ्रम होम सुरु भएसँगै संस्था आफैँले पनि ‘जिरो ट्रस्ट’को अवधारणा आत्मसात् गर्न सक्नुपर्छ । सानो गल्ती तथा लापरबाहीले ठूलो नोक्सान चुकाउनुपर्ने हुन सक्छ । यसकारण, घरबाटै काम गरिरहेका आफ्ना कर्मचारीलाई ‘साइबर सेक्युरिटी’ व्यवस्थापन गरिदिनु उपयुक्त हुन्छ ।

    (एजेन्सीको सहयोगमा)

     


    मंगलवार, बैशाख १४ २०७८०१:५५:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij