Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

१५ दिन निषेधाज्ञा गर्ने सरकारको निर्णय, उपत्यका छाड्नेको लर्को

१५ दिन निषेधाज्ञा गर्ने सरकारको निर्णय, उपत्यका छाड्नेको लर्को

  • मंगलवार, बैशाख १४ २०७८

  • 1.4K
    SHARES

  • १५ दिन निषेधाज्ञा गर्ने सरकारको निर्णय, उपत्यका छाड्नेको लर्को

    काठमाडौँ । सरकारले काठमाडौं उपत्यकासहित कोरोना संक्रमण बढेका जिल्लामा १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको छ । कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) र जिल्ला प्रशासनहरुले ७ दिनको अवधि तोकेर घोषणा गरेका निषेधाज्ञा अवधिलाई परिमार्जन गरेर मन्त्रिपरिषद्को हिजो बसेको बैठकले १५ दिन पु¥याएको हो ।

    संक्रमणको दर धेरै बढेकाले जोखिम भएका जिल्लामा १५ दिनको निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो । अब यो निषेधाज्ञाको अवधि मन्त्रिपरिषद्को निर्णयअनुसार बढ्ने अर्थमन्त्री विष्णु पौडेलले बताउनुभयो । उपत्यकाका तीन जिल्लासहित अब दोस्रो लहरको संक्रमणविरुद्ध जुध्न निषेधाज्ञा जारी भएका जिल्लाको संख्या ९ पुगेको छ ।

    यसअघि नै बाँके, बर्दिया, बागलुङ र कालीकोटका सहरी तथा बढी जनघनत्व भएका र सीमावर्ती इलाकामा निषेधाज्ञा लगाइएको छ भने सुर्खेतमा आज राति १२ बजेदेखि र कास्कीमा भोलि बिहान ६ बजेदेखि सात दिनका लागि निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञाको घोषणासँगै काठमाडौबाट बाहिरीनेको संख्या बढेको छ । बिहीबारदेखि काठमाडौं उपत्यकाका तीनवटा जिल्लामा निषेधाज्ञा लागू हुने भएपछि आज बिहानैदेखि काठमाडौं छाड्नेहरुको लर्को लागेको छ ।

    काठमाडौंका विभिन्न क्षेत्रबाट लामो तथा छोटो दूरीमा जाने यात्रुहरुको भिड लागेको छ । आज बिहानैदेखि लामो तथा छोटो दूरीका यात्रुहरुको बसपार्कहरुमा भिड देखिएको ट्राफिक प्रहरीका प्रवक्ता श्याम कृष्ण अधिकारीले जानकारी दिनुभाये ।

    निषेध आदेशसँगै उपत्यकामा अत्यावश्यक बाहेकका सबै क्षेत्र बन्द हुनेछन् । कोरोना भाइरसको संक्रमण तीव्र रुपमा बढेसँगै सरकारले १५ दिनका लागि पहिलो चरणमा निषेध आदेशको निर्णय गरेको छ ।


    मंगलवार, बैशाख १४ २०७८०९:२५:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij