Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

काठमाडौँ उपत्यकामा वैशाख १६ गते बिहानदेखि एक साताको ‘लकडाउन’

काठमाडौँ उपत्यकामा वैशाख १६ गते बिहानदेखि एक साताको ‘लकडाउन’

  • सोमवार, बैशाख १३ २०७८

  • 1.2K
    SHARES

  • काठमाडौँ उपत्यकामा वैशाख १६ गते बिहानदेखि एक साताको ‘लकडाउन’

    काठमाडौँ – काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा वैशाख १६ गते विहान ६ बजेदेखि वैशाख २२ गते मध्यराति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी भएको छ।

    तीनवटै जिल्ला प्रशासन कार्यालयले कोभिड नियन्त्रणको लागि भन्दै सोमवार साँझ आदेश जारी गरि यातायात, निजी व्यवसायिक प्रतिष्ठान, अत्यावश्यक सेवाबाहेकका सबै क्षेत्र बन्द गर्ने जनाएका छन्।

    साथै, प्रशासनले निषेधाज्ञा अवधीभर सार्वजनिक एवं नीजि सवारी साधन संचालनमा समेत रोक लगाएको छ।

    सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जन स्थल, सैलुन ब्यूटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, चिडियाखाना आदि संचालन गर्न नपाइने समेत आदेशमा उल्लेख छ।

    विहे, ब्रतबन्धको हकमा बढीमा १५ जनासम्म स्वास्थ्य प्रोटोकल पालना गर्ने गरी जिल्ला प्रशासनबाट अनुमति लिएर मात्र गर्ने निर्णय समेत छ।

    अत्यावश्यक सामान बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा (बढीमा २ जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक अन्य सवारी साधन जिल्लामा आउन प्रतिवन्ध लगाउने निर्णय समेत आदेशमा छ।

    अत्यावश्यक सेवाहरु जस्तै एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दूग्धजन्य पदार्थ, बैंक, वित्तिय संस्था, दूरसंचार, इन्टरनेट, क्वारेन्टिन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन लगायतका ढुवानी तथा यातायातका साधनमा विषय उल्लेख गरी संचालन गर्न पाउने निर्णय समेत भएको छ।


    सोमवार, बैशाख १३ २०७८०७:४४:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij