Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

‘पार्टी र संगठन चलाउन असफलहरुले ओलीलाई असफल भन्न सुहाउँदैन’  

‘पार्टी र संगठन चलाउन असफलहरुले ओलीलाई असफल भन्न सुहाउँदैन’  

  • बिहिवार, आषाढ १८ २०७७

  • 680
    SHARES

  • ‘पार्टी र संगठन चलाउन असफलहरुले ओलीलाई असफल भन्न सुहाउँदैन’  

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेताहरुले पार्टी चलाउन नसक्ने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संगठन चलाउन नसक्ने संगठन विभाग प्रमुख बामदेव गौतमले विरोध गर्दैमा ओलीले दुवै पदबाट राजीनामा नदिने बताएका छन् । गत मंसिर ४ मा बसेको नेकपा सचिवालय बैठकले पार्टी चलाउन अध्यक्षको जिम्मा प्रचण्डलाई दिएपछि गुटबन्दी बढेर पार्टी लथालिङ भएको उनिहरुको भनाई छ ।

    अध्यक्षको जिम्मा पाएपछि प्रचण्डले पार्टी चलाउनै नजानेको र संगठन विभागको जिम्मा लिएका बामदेव गौतमा पार्टीका संगठनहरुलाई चलायमान बनाउन नसकेको आरोप नेकपाका नेता केशव बडालले लगाउनुभयो । प्रधानमन्त्री ओली विरामी परेको र कोरोनाका कारण लकडाउन गर्नुपरेकाले पछिल्लो समयमा सरकारका कामकारवाहीमा केहि असर परेको नेपाली रेडियो नेटवर्कसँग उहाँले बताउनुभयो ।

    बडालले आफुले काम गर्न नसक्ने नेताहरुले स्थायी कमिटीको बैठकमा प्रधानमन्त्रीबिरुद्ध छरपस्ट बोलेको भन्दै ओलीले अर्को निर्वाचन नभएसम्म प्रधानमन्त्री पद र महाधिवेशन नभएसम्म अध्यक्ष पद नछाड्ने दावी गर्नुभयो । प्रधानमन्त्री हटाउने अधिकार नेताहरुलाई नभएको र आम कार्यकर्ता ओलीकै पक्षमा रहेको बडालको जिकिर छ ।

    बडालले भन्नुभयो,‘मंसिरको सचिवालयले कार्य विभाजन गरेर कार्यकारी अध्यक्षको जिम्मा प्रचण्डलाई दिएको हो । प्रदेश कमिटी बनेका छन् । संगठन निमार्ण गर्ने काम ओलीको हैन । पार्टी चलाउने काम त प्रचण्डको हो । कार्यकर्ता परिचालन किन भएनन् ? कोरोना नियन्त्रण र क्वारेन्टाइन व्यवस्थापनमा किन कार्यकर्ता परिचालन भएनन् ? प्रधानमन्त्रीले सरकारी संयन्त्र परिचालन गर्ने हो । अर्को निर्वाचन र महाधिवेशन नभएसम्म ओलीको दायाँ बायाँ हुने अवस्था छैन् ।’

    ओली विरुद्ध उत्रिएकाहरुलाई कार्यकर्ताको भावना नबुझेको आरोप लगाउदै बडालले संगठन चलाउन नसकेर गौतमले प्रधानमन्त्रीमाथि प्रश्न उठाएको टिप्पणी गर्नुभयो । अरु नेताले जिम्मेवारी र दायित्व पुरा गर्ने काम गर्नुनपर्ने र लछारपछार पारेर ओलीलाई महाधिवेशन अघि अध्यक्षबाट हटाउछु भन्नु गलत प्रबृति भएको बडालको भनाई छ ।


    बिहिवार, आषाढ १८ २०७७०९:१५:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij