Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

जनताको स्वास्थ्यमा खेलबाड नगर्न सरकारलाई प्रचण्डको चेतावनी

जनताको स्वास्थ्यमा खेलबाड नगर्न सरकारलाई प्रचण्डको चेतावनी

  • सोमवार, बैशाख १३ २०७८

  • 1.1K
    SHARES

  • जनताको स्वास्थ्यमा खेलबाड नगर्न सरकारलाई प्रचण्डको चेतावनी

    काठमाडौँ – नेकपा माओवादी केन्द्रले जनताको स्वास्थ्यमा खेलवाड नगर्न सरकारसँग आग्रह गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार विज्ञप्ति जारी गर्दै स्थानीय निकायमा स्वास्थ्य सामग्रीको समुचित व्यवस्था मिलाउन आग्रह गर्नुभएको छ ।

    ‘स्वास्थ्य सेवा प्रभावकारी बनाई जनतालाई राहत दिन केन्द्रित हुनुको सट्टा वर्तमान सरकारको शिलान्यास र उद्घाटनमा केन्द्रित हुने आचरणले अप्ठ्यारो दिनको सामना गर्नुपर्ने त होइन भन्ने नेपाली जनसमुदायमा आशंका बढाएको छ’ उहाँले भन्नुभएको छ, ‘सरकारसँग जनताको स्वास्थ्यमा खेलवाड नगर्न तथा उच्च प्राथमिकताका साथ सबै स्थानीय निकायमा स्वास्थ्य उपकरण र सामग्रीको समुचित व्यवस्था मिलाउन विशेष आग्रह गर्दछु।’

    खुला सीमा भएको भारतमा एकै दिन लाखौँ व्यक्ति संक्रमित हुनुका साथै केही हजारको मृत्यु भएको तथ्याङ्कले पनि स्थिति भयावह बन्ने तर्फ सचेत रहनुपर्ने भएको प्रचण्डले बताउनुभएको छ ।

    महामारीको सबैभन्दा बढी मार श्रमजीवि जनसमुदायलाई पर्ने भन्दै प्रचण्डले खाद्यान्न तथा अन्य विशेष सहयोगको व्यवस्था मिलाउन सरकार र निजी क्षेत्रलाई अपील गर्नुभएको छ ।

    साथै स्वयंसेवीका रुपमा महामारीविरुद्धको लडाइँमा सावधानीपूर्वक नेतृत्व लिन पार्टीका नेता कार्यकर्तालाई आग्रहसमेत गर्नुभएको छ ।


    सोमवार, बैशाख १३ २०७८०६:०७:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij