Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एमाले माधव समूहमाथि कारबाही रोक्न सर्वोच्चले दिएन अन्तरिम आदेश

एमाले माधव समूहमाथि कारबाही रोक्न सर्वोच्चले दिएन अन्तरिम आदेश

  • सोमवार, बैशाख १३ २०७८

  • 1.1K
    SHARES

  • एमाले माधव समूहमाथि कारबाही रोक्न सर्वोच्चले दिएन अन्तरिम आदेश

    काठमाडौँ – माधव कुमार नेपालसहित नेकपा एमालेका नेताहरुले आफूहरुमाथि कारबाही रोक्न माग गर्दै दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

    सोमबार न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले अहिले नै कारबाही भइसकेको अवस्था नदेखिएको भन्दै कारबाही रोक्न भनी माग गरेको अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।

    वैशाख ६ गते एमाले अध्यक्ष एवं एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले नेता माधवकुमार नेपालसहित २७ सांसदलाई सांसद पदबाट किन नहटाउने भनी स्पष्टीकरण माग गर्नुभएको थियो।

    त्यसविरुद्ध नेता माधवकुमार नेपालसहित ४ जना नेताले आफूहरुमाथिको कारबाही हाल यथास्थितिमा राख्न र थप कारवाही नगर्न नगराउन अन्तरिम आदेश माग गर्नुभएको थियो ।

    निर्वाचन आयोग, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतलाई विपक्षी बनाइएको रिटमा सर्वोच्चले विपक्षीसँग लिखित जवाफ माग गरेको छ ।

    त्यस्तै यो विवादको विषयवस्तुको प्रकृति चाँडै निरुपण हुनुपर्ने देखिएकाले अग्राधिकार दिन पनि आदेश दिएको छ।


    सोमवार, बैशाख १३ २०७८०५:१२:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij