सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक आज (मङ्गलबार) दिउँसो १ बजे बस्दै छ । बिहान ११ बजे तय गरिएको बैठक १ बजेसम्मका लागि स्थगित भएको हो
आजको स्थायी समिति बैठक दिउँसो १ बजे बस्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको कुराकानीपछि ११ बजेको बैठक २ घण्टा पछि सारिएको बुझिएको छ ।
नेकपामा आन्तरिक किचलो बढेपछि स्थायी समिति बैठक पटक पटक स्थगित हुँदै आएको छ । अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने माग उठेपछि पार्टीभित्रको आन्तरिक चुलिएको छ ।