Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्दै

काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्दै

लकडाउन गर्ने नगर्नेबारे निर्णय गर्ने
  • सोमवार, बैशाख १३ २०७८

  • 979
    SHARES

  • काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्दै

    काठमाडौं । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठक आज बस्दै छ । कोरोना संक्रमितको संख्या दिनप्रतिदिन वृद्धि भइरहेको सन्दर्भमा न्युनिकरणका लागि के गर्न सकिन्छ भन्नेबारे छलफल गर्न सिडिओहरूको बैठक बस्न लागेको हो ।

    कोरोना संकट व्यवस्थापन केन्द्र सिसीएमसीले पाँच सयभन्दा बढी कोरोना संक्रमित फेला परेका ठाउँमा निषेधाज्ञा लगाउन सिफारिस गरेपछि काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओ छलफलमा जुट्न लागेका हुन् ।

    आजको बैठकले उपत्यकामा लकडाउन गर्नेबारे निर्णय गर्नसक्ने बुझिएको छ । यी तीनै जिल्लामा पाँच सयभन्दा बढी संक्रमित छन् ।
    काठमाडौं जिल्लामा मात्रै हिजो एक हजार एक सयभन्दा बढीमा कोरोना देखिएको थियो । उपत्यकाका तीन जिल्लामा झण्डै १५ सय जना संक्रमित भएका छन् ।

    यसैबीच काठमाडौं, ललितपुर र भक्तपुरको जिल्ला प्रशासन कार्यालयमा आजदेखि अत्यावश्यकबाहेक काम नहुने भएको छ ।
    कोरोना जोखिम रहेकोले भीडभाड कम गर्न अत्यावश्यकबाहेक काम बन्द गरिएको हो ।


    सोमवार, बैशाख १३ २०७८०८:४८:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij