काठमाडौं । नेपाली कांग्रेसले आज(सोमबार)का लागि बोलाएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरेको छ ।
हिजो (आइतबार) बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकलले कोभिडको जोखिम बढ्दै गएकाले आजको बैठक स्थगित गरी वैशाख १५ गते दिउँसो २ बजे बस्नेगरी बैठक स्थगित गर्ने निर्णय गरेको कांग्रेसका पूर्व सहमहामन्त्री अर्जुननरसिंह केसीले जानकारी दिनुभयो ।
त्यसअघि सबै केन्द्रीय सदस्यको पीसीआर परीक्षण गरिने उहाँले जानकारी दिनुभयो ।
हिजो बैठकमा पार्टीको १४ औँ महाधिवेशनको तयारीका बारेमा छलफल गरिएको र क्रियाशील सदस्यताको काम पूरा गर्न निर्देशन दिने निर्णय भएको छ ।
तर समायोजनको विवाद देखिएका सात जिल्लाको विवाद भने आजको बैठकले पनि टुंग्याउन सकेन ।