काठमाडौँ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महाधिवेशन आयोजक समितिको आकस्मिक बैठक बोलाउनुभएको छ । आज बिहान १० बजे बालुवाटारमा बस्ने गरी महाधिवेशन आयोजक समितिको बैठक बोलाइएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
बैठकको जानकारीसहितको निम्तो गरिएको सन्देश सदस्यहरुलाई गएराति ११ बजेतिर गएको हो । नेता माधव कुमार नेपाल पक्षका संघ र प्रदेशका ३२ सांसदलाई ओलीले स्पष्टिकरण सोध्नुभएको थियो । त्यसको जवाफ सांसदहरुले गएको बिहीबार बुझाएका थिए ।
बैठकमा ती सांसदले बुझाएका स्पष्टीकरणको विश्लेषण गरी कारबाहीबारे निर्णय हुन सक्ने सम्भावना रहेको एक केन्द्रीय सदस्यले जानकारी दिनुभयो ।