Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

केन्द्रीय समिति बैठकका एजेन्डामा सहमति जुटाउन कांग्रेस पदाधिकारी बैठक आज

केन्द्रीय समिति बैठकका एजेन्डामा सहमति जुटाउन कांग्रेस पदाधिकारी बैठक आज

  • आइतवार, बैशाख १२ २०७८

  • 1.0K
    SHARES

  • केन्द्रीय समिति बैठकका एजेन्डामा सहमति जुटाउन कांग्रेस पदाधिकारी बैठक आज

    काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । भोलि बस्ने पार्टीको केन्द्रीय समितिको बैठकका एजेन्डामा सहमति जुटाउन पदाधिकारी बैठक बस्न लागेको हो ।

    सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा दिउँसो बस्ने बैठकमा पूर्व पदाधिकारी र केही केन्द्रीय सदस्यहरुलाई पनि बोलाइएको छ ।
    बैठकमा मुख्यतः महाधिवेशन तयारी, क्रियाशील सदस्यता वितरणमा भइरहेको प्रगति र समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ । साथै जेठ ६ गते हुने राष्ट्रिय सभाको उपनिर्वाचनका बारेमा पनि छलफल हुनेछ ।

    कांग्रेसले बागमती प्रदेशको रिक्त एक राष्ट्रिय सभा सदस्यका लागि आफ्नो उम्मेदवार जिताउन अन्य दलसँग सहकार्य गर्ने विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ । कांग्रेस केन्द्रीय समितिको बैठक भने भोलि दिउँसो २ बजे सानेपामा बस्दैछ ।


    आइतवार, बैशाख १२ २०७८०७:५४:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij