Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

ओलीप्रति बाबुरामको टिप्पणीः 'बयलगाडे धरहरा चढेर दुत्कार्दैछन्'

ओलीप्रति बाबुरामको टिप्पणीः 'बयलगाडे धरहरा चढेर दुत्कार्दैछन्'

  • शनिवार, बैशाख ११ २०७८

  • 875
    SHARES

  • ओलीप्रति बाबुरामको टिप्पणीः 'बयलगाडे धरहरा चढेर दुत्कार्दैछन्'

    काठमाडौँ – पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले केपी शर्मा ओलीले धरहरा चढेर परिवर्तनकामीहरुलाई दुत्कारेको टिप्पणी गर्नुभएको छ ।

    आज (शनिबार) सामाजिक सञ्जाल ट्वीटर मार्फत डा भट्टराईले ‘बयलगाडे धरहरा चढेर परिवर्तनकामीहरुलाई दुत्कार्दैछन्’ भन्दै टिप्पणी गर्नुभएको हो ।

    २०७२ सालको भूकम्पले भत्किएपछि नयाँ बनाइएको धरहरा प्रधानमन्त्री केपी शर्मा ओलीले आज उद्घाटन गरेपछि डा भट्टराईको यस्तो प्रतिक्रिया आएको हो।

    डा भट्टराईले ट्वीटमा लेखेका छन्, ‘लोकतन्त्र दिवस मनाउँदै गर्दा सबैले याद राखौँ । तत्कालीन माओवादी र ७ दल बीच १२ बुँदे समझदारी हुनुअघि आन्दोलन रत्नपार्क वरिपरि बदाम खाएर घाम ताप्दै थियो । बयलगाडे महावाणीहरू ओकलिँदै थिए। शक्तिकेन्द्रहरू २खम्बे नीति फलाक्दै थिए। अनि आज उनै बयलगाडे धरहरा चढेर परिवर्तनकामीहरूलाई दुत्कार्दैछन्।’


    शनिवार, बैशाख ११ २०७८०५:२९:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij