Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

नवनिर्मित धरहराको प्रधानमन्त्रीद्वारा उद्घाटन

नवनिर्मित धरहराको प्रधानमन्त्रीद्वारा उद्घाटन

  • शनिवार, बैशाख ११ २०७८

  • 1.2K
    SHARES

  • नवनिर्मित धरहराको प्रधानमन्त्रीद्वारा उद्घाटन

    काठमाडौं । पुनर्निर्मित धरहराको आज (शनिवार) प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ ।

    भूकम्प आएकोभन्दा एक दिन अगाडिको तिथिमा धरहरा रहेको स्थान सुन्धारामा आज आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री ओलीले धरहराको प्रधानमन्त्री ओलीले उद्घाटन गर्नुभएको हो ।

    २०७२ सालको भूकम्पले पूर्णरुपमा क्षतिग्रस्त बनाएको धरहरा ६ वर्षपछि नवनिर्माण भएको छ ।

    भूकम्पले भत्काएको धरहरालाई यथावत् अवस्थामा राखेर त्यसको आडैमा नयाँ धरहरा बनाइएको हो । २०७५ सालमा कात्तिकमा धरहराको नवर्निमाण सुरु भएको थियो । कोरोनाका कारण निर्माणमा केही ढिलाइ भएको थियो ।

    नवनिर्मित धरहरा २२ तल्लाको छ । पुरानो धरहरा ९ तल्लाको थियो । धरहराको निर्माण लागत करिब ३ अर्ब ४५ करोड अनुमान छ ।

    धरहरा टावरको निर्माण सम्पन्न भए पनि यससँगैका अन्य संरचनाहरु भने निर्माणाधिन छन् ।

    नयाँ धरहरा आज उद्घाटन गरिए पनि तत्काल सर्वसाधारणलाई अवलोकनका लागि खुला गरिएको छैन ।


    शनिवार, बैशाख ११ २०७८१२:०८:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij