Nov 07 2026 | २०८३, कार्तिक २२ गते

२०८३, कार्तिक २२ गते
  • यो साता चर्चामा :
images

आज १५औं लोकतन्त्र दिवस : आशाभन्दा निराशा धेरै

आज १५औं लोकतन्त्र दिवस : आशाभन्दा निराशा धेरै

  • शनिवार, बैशाख ११ २०७८

  • 818
    SHARES

  • आज १५औं लोकतन्त्र दिवस : आशाभन्दा निराशा धेरै

    काठमाडौं । आज लोकतन्त्र दिवस । १९ दिने जनआन्दोलनको बलमा लोकतन्त्र स्थापना भएको दिनको सम्झनामा स्वरूप प्रत्येक वर्ष बैशाख ११ गतेलाइ लोकतन्त्र दिवसको रूपमा मनाउने गरिएको छ ।

    २०६३ वैशाख ११ गते अर्थात् आजैका दिन तत्कालिन राजा ज्ञानेन्द्र शाहले नेपालीको नासो नेपालीलाई नै हस्तान्तरण गर्न चाहन्छु भन्दै संसद पुनस्र्थापना गरिदिएपछि लोकतन्त्र स्थापना भएको हो । उहाँले तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्त गरी शासन आफ्नो हातमा लिएपछि लोकतन्त्रका लागि नेपालका जनआन्दोलन भएको थियो ।

    त्यतिबेला सशस्त्र युद्धरत तत्कालिन नेकपा माओवादी र शान्तिपूर्ण सडक आन्दोलनकारी राजनीतिक दलहरु बीच सम्पन्न १२ बुँदे सहमति पश्चात १९ दिने ऐतिहाँसिक जनआन्दोलन भएको थियो ।

    आन्दोलनको सफलता स्वरुप बैशाख ११ गते तत्कालिन संसदको पुनस्र्थापनासँगै लोकतन्त्र स्थापना भएपछि त्यही संसदले संविधान सभाको निर्वाचन गराउनेसम्मका धेरै ऐतिहासिक निर्णयहरु गरेको थियो ।

    मुलुकलाई धर्मनिरपेक्ष बनाउने, समावेशी र समानुपातिक व्यवस्थालाई लागु गर्ने, श्री ५ को सरकारलाई नेपाल सरकार बनाउने, संसदको अधिकार बढाउनेलगायतका निर्णयहरु तत्कालिन संसदले गरेको थियो ।

    संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपालमा २४० वर्षे राजतन्त्रको अन्त्य गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा ग¥यो । दोस्रो संविधानसभाबाट २०७२ असोज ३ गते जारी भएको संविधान नै अहिले कार्यान्वयन भएको छ ।

    तर अपेक्षित कामहरु हुन नसकेको र राजनीतिक विक्रिती पनि दिन प्रतिदिन बढ्दै गइरहेको भन्दै निराशा पनि दिनप्रतिदिन बढ्दै गएको छ ।


    शनिवार, बैशाख ११ २०७८०८:२७:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij