Nov 07 2026 | २०८३, कार्तिक २२ गते

२०८३, कार्तिक २२ गते
  • यो साता चर्चामा :
images

माधव नेपालहरूले पार्टी एकता गर्न पहल नै गरेनन् : ओली

माधव नेपालहरूले पार्टी एकता गर्न पहल नै गरेनन् : ओली

  • शुक्रवार, बैशाख १० २०७८

  • 733
    SHARES

  • माधव नेपालहरूले पार्टी एकता गर्न पहल नै गरेनन् : ओली

    काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी खोस्ने ढंगले कोही आएको भए, त्यो सम्भव नहुने बताउनुभएको छ ।

    बालुवाटारमा आज महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले माधव नेपाल र उहाँका समूहले पार्टीलाई एकताबद्ध बनाउन कुनै पहल नै नगरेको बताउनुभएको छ ।

    ‘माधव नेपाल, योगेश भट्टराईलगायत नेतासँग मेरो भेटघाट भएपनि उनीहरुले पार्टी एकताबद्ध बनाउन कुनै पहल गरेको महसुस र अनुभूति मैले देखिनँ’, उहाँले भन्नुभयो ।

    तर, आफू भने पार्टी एकताबद्ध बनाउन दिनरात लागिपरेको प्रधानमन्त्री ओलीको दाबी छ ।

    ‘हामी जिम्मेवार र अनुशासित भएकाले यो पार्टी एकता कायम गर्न प्रयास गर्छौ’, उहाँले भन्नुभयो ।

    पुष्पकमल दाहाल प्रचण्ड र नेपालहरुको महत्वाकांक्षाकै कारण कम्युनिष्ट पार्टी विभाजित हुन पुगेको पनि ओलीले बताउनुभएको छ ।

    यसैबीच, आजै नेता नेपालले भने पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीको अहंकार धरहरामाथि पुगिसकेको टिप्पणी गर्नुभएको छ ।

    आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उहाँले ओलीको अंहकार र दम्भका कारण लोकन्तन्त्र धरापमा परेको बताउनुभएको हो ।


    शुक्रवार, बैशाख १० २०७८०३:५१:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij