Nov 07 2026 | २०८३, कार्तिक २२ गते

२०८३, कार्तिक २२ गते
  • यो साता चर्चामा :
images

एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्दै

एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्दै

  • शुक्रवार, बैशाख १० २०७८

  • 1.1K
    SHARES

  • एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठक आज  बस्दै

    काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठक आज (शुक्रबार) बस्दैछ ।

    पार्टी विभाजनको डिलमा पुगेका बेलमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान ११ बजे एमाले बैठक बस्न लागेको हो ।

    बैठकअघि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेता माधव नेपाल र वामदेव गौतमसँग छुट्टाछुट्टै भेटवार्ता गरे पनि विवाद थप उग्र बनेको छ ।

    वार्ता सफल नभएपछि बैठकमा खनाल नेपाल र गौतम पक्ष सहभागी नुहने बुझिएको छ । ओलीसँग विहीबार भएको भेटमा नेपाल र गौतमले बैठकमा नआउने बताइसकेका थिए ।

    आजको बैठकलाई बैशाख ६ गतेको बैठकको निरन्तरताका रुपमा हेरिएको छ । साथै आजको बैठकमा पार्टीको साङ्गठानिक र राजनीतिक प्रतिवेदनमाथि पनि छलफल हुने बुझिएको छ ।

    बैशाख ६ गतको बैठकले खनाल नेपाल पक्षीय प्रतिनिधिसभाका २७ जना र कर्णाली प्रदेशका ५ जना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

    जसमध्ये खनाल नेपालसहित केही सांसदले स्पष्टीकरण पनि बुझाइसकेका छन् । एमाले संसदीय दल प्रमुख सचेतक विशाल भट्टराईले उनीहरुले बुझाएको स्पष्टीकरणलाई विश्लेषण गरेर थप कारबाही अगाडी बढाइने बताएका थिए ।

    यस्तै एमाले नेता कर्ण थापाले आजको बैठकबाट खनाल नेपाल पक्षमाथि थप कारबाही हुने बताउनुभयो । त्यसका लागि तयारी भइरहेको उहाँको भनाइ छ ।

     


    शुक्रवार, बैशाख १० २०७८०८:५१:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij